परिचय
राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको अन्तरङ्ग सेवा (IPD) विभागले अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने बिरामीहरूका लागि प्रभावकारी, सुरक्षित र निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दछ। दक्ष चिकित्सक, नर्स तथा तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको टोलीद्वारा २४ घण्टा बिरामीको निगरानी, हेरचाह तथा विशिष्टीकृत उपचार सेवा उपलब्ध गराइन्छ।
अन्तरङ्ग (IPD) अन्तर्गत उपलब्ध वार्ड तथा सेवाहरू:
-
आकस्मिक (इमर्जेन्सी) वार्ड: आपत्कालीन अवस्थाका बिरामीहरूलाई तत्काल भर्ना गरी उपचार गरिने वार्ड।
-
मेडिकल वार्ड: साधारण तथा जटिल शारीरिक रोगहरू भर्ना गरी उपचार गरिने वार्ड।
-
सर्जिकल वार्ड: शल्यक्रिया गराउनुपर्ने वा गराइसकेका बिरामीहरूको हेरचाह गरिने वार्ड।
-
गम्भीर उपचार कक्ष (I.C.U. Ward): कडा रोग वा जटिल अवस्थाका बिरामीहरूका लागि अत्याधुनिक सघन उपचार कक्ष।
-
बालरोग (Pediatric) वार्ड: नवजात शिशु तथा बालबालिकाहरूको भर्ना र उपचारका लागि छुट्टै वार्ड।
-
स्त्री तथा प्रसूति वार्ड: गर्भवती, सुत्केरी तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि वार्ड।
-
एन.आई.सी.यू. (N.I.C.U.) वार्ड: जन्मजात जटिलता वा विशेष हेरचाह चाहिने नवजात शिशुहरूका लागि सघन उपचार कक्ष।
-
पोषण पुनस्थापना केन्द्र (NRHC): कडा कुपोषण भएका बालबालिकाहरूलाई भर्ना गरी पोषणयुक्त आहार र उपचार प्रदान गरिने केन्द्र।
हाम्रो प्रतिबद्धता: अस्पतालमा भर्ना भएका प्रत्येक बिरामीलाई आत्मीय व्यवहारका साथ सुरक्षित, गुणस्तरीय र २४ घण्टा निरन्तर स्वास्थ्य सेवा प्रदान गर्न हामी समर्पित छौं।